रुपन्देही-४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले रुपन्देहीबाट प्रतिनिधि सभामा जितको शुरूआत गरेको छ।
रुपन्देहीको दक्षिणी भेगमा पर्ने निर्वाचन क्षेत्र नम्बर ४ बाट लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार प्रमोद यादवलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
शुक्लाले २८ हजार मत पाएका छन्। कांग्रेसका यादवले २२ हजार ७०४ मत पाए।
त्यस्तै, जनमत पार्टीका उम्मेदवार भोपेन्द्र यादवले १५ हजार ५२६ मत ल्याए।
२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका शुक्ला कांग्रेसका यादवसँग नै चुनाव हारेका थिए।