झापा-५ बाट एमाले अध्यक्ष ओली निर्वाचित
झापा-५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। ओलीले ५२ हजार ३१५ मत पाए भने अधिकारीले २३ हजार ७४१ मत पाए।
उनी २०७४ सालको निर्वाचनमा पनि फराकिलो मतान्तरले निर्वाचित भएका थिए। त्यस्तै, २०६४ सालको पहिलो संविधानसभा निर्वाचिनमा पराजित भएका ओली २०७० सालको दोस्रो संविधानसभामा भने निर्वाचित भएका थिए। उनी लगातार तेस्रो पटक निर्वाचित भएका हुन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले १० हजार ८८६, जनमत पार्टीका भीम राजवंशीले एक हजार ३९० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कविन्द्र शेर्मा लिम्बूले ९५७ मत पाए।