रुकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घर्ती निर्वाचित
रुकुम पूर्वबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्।
उनी नेकपा (एमाले)का उम्मेदवार कैलाशकुमार मल्ललाई पराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्। उनले १२ हजार २६२ मत पाए भने एमालेका मल्लले पाँच हजार २११ मत पाए।
त्यस्तै, स्वतन्त्र उम्मेदवार चन्द्र झाँक्रीले ८९६, राष्ट्रिय प्रजातन्त्र पार्टीका खिमबहादुर खत्रीले ५८६, मंगोल नेशनल अर्गनाइजेशनका रतनबहादुर बुढाले ४६४ र नेशनालिस्ट पिपल्स पार्टीका बलबहादुर बुढाले ३०३ मत पाए।
घर्ती २०७४ सालमा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनी लुम्बिनीका सभामुख भएका थिए।