काठमाडौं-६ बाट स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित
काठमाडौं-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाललाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्। उनले १४ हजार २०४ मत पाए भने एमाले उम्मेदवार खनालले आठ हजार ९११ मत पाए।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भीमसेन दास प्रधानले आठ हजार ८०५, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले एक हजार ९८० र स्वतन्त्र उम्मेदवार सञ्जयमान श्रेष्ठले ५४६ मत पाए।