रुकुम पूर्व ‘क’ बाट स्वतन्त्र उम्मेदवार प्रदेश सदस्यमा निर्वाचित
रुकुम पूर्व ‘क’ बाट स्वतन्त्र उम्मेदवार सुरुल पुन लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तेजबहादुर ओलीलाई ५३३ मतले पराजित गर्दै पुन प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। पुनले चार हजार ४६५ मत पाए भने ओलीले तीन हजार ९३२ मत पाए।
माओवादीबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। पुनलाई नेकपा (एमाले)ले समर्थन गरेको थियो।