गुल्मी-२ मा एमालेका गोकर्ण विष्ट विजयी
गुल्मी-२ मा नेकपा (एमाले)का उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन्।
एमाले सचिव विष्टले नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई दुई हजार ३४ मतान्तरले पराजित गरेका हुन्। विष्टले २८ हजार ४७६ मत र झाँक्रीले २६ हजार ४४२ प्राप्त गरेका छन्। झाँक्रीलाई सत्तारूढ गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)को समर्थन थियो।
विष्ट यसअघि २०५६, २०७० र २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०६४ मा भने माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।