सिन्धुली-२ बाट माओवादीका लेखनाथ दाहाल निर्वाचित
सिन्धुली-२ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार लेखनाथ दाहाल निर्वाचित भएका छन्।
उनी नेकपा (एमाले)का उम्मेदवार मनोजजंग थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्। दाहालले २७ हजार ५१७ मत पाए भने थापाले २१ हजार ६८७ मत पाए।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मनोजकुमार दाहालले एक हजार ५५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले एक हजार ३४० र स्वतन्त्र उम्मेदवार भूपेन्द्र विश्वकर्माले ७०१ मत पाए।