रसुवामा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’
रसुवाको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत एक मात्र क्षेत्र रहेको रसुवाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन्। आचार्यले १८ हजार २३५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का छोवाङ तामाङले आठ हजार ६१४ मत प्राप्त गरेका छन्।
प्रदेश सभातर्फ रसुवा ‘क’ मा कांग्रेसका प्रभात तामाङ आठ हजार १८६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका कुलप्रसाद भट्टले चार हजार ७७२ मत प्राप्त गरेका छन्।
यस्तै‚ रसुवा ‘ख’ मा नेकपा (माओवादी केन्द्र)का इन्द्र गौतम आठ हजार ५३३ मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका तेम्ब्रेल तामाङले चार हजार ८४४ मत प्राप्त गरेका छन्।