रसुवाबाट कांग्रेसका मोहन आचार्य निर्वाचित
रसुवाबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
मंगलबार सम्पन्न मतगणना अनुसार, उनी दोब्बरभन्दा बढी मतले निर्वाचित भएका छन्। उनले १८ हजार २३५ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार छोवाङतेन्जिङ तामाङले आठ हजार ६१४ मत पाएका छन्।
त्यस्तै, मंगोल नेशलन अर्गनाइजेशनका उम्मेदवार विकास घलानले २१० र राष्ट्रिय स्वतन्त्र पार्टीका मीननाथ देवकोटाले १६५ मत पाए।
आचार्य दोस्रो पटक रसुवाबाट निर्वाचित भएका हुन्। २०७४ सालको निर्वाचनमा पनि उनी एमाले उम्मेदवार जनार्दन ढकाललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।