कांग्रेसको पनि समानुपातिक मत एक लाख पार, स्वतन्त्र पार्टी तेस्रो
निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार, नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फको समानुपातिकमा एक लाख मत पाएको छ।
नेकपा (एमाले)ले यसअघि नै एक लाखको सीमा पार गरिसकेको छ। एमालेको समानुपातिक मत एक लाख १७ हजार पुगेको छ।
समानुपातिकतर्फ तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आइपुगेको छ। स्वतन्त्र पार्टीले ५० हजार ७९० मत पाएको छ।
चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ४४ हजार ३३६ मत पाएको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार २७७ मत पाएको छ।
नेकपा (एकीकृत समाजवादी)को समानुपातिकतर्फको मत न्यून देखिएको छ। एकीकृत समाजवादीले अहिलेसम्म समानुपातिकतर्फ पाँच हजार ६९३ मत मात्रै पाएको छ।
अहिलेसम्म गणना भएको करीब चार लाख मतमध्ये प्रतिशतका आधारमा सबैभन्दा धेरै एमालेले २९.२ प्रतिशत मत पाएको छ। कांग्रेसले २५ प्रतिशत मत पाएको छ।
त्यसै गरी, स्वतन्त्र पार्टीले १२.६ र माओवादीले ११ प्रतिशत मत पाएको देखिएको छ। एकीकृत समाजवादीको मत भने १.४ प्रतिशत मात्रै छ।