समानुपातिकमा एमालेको अग्रता, कसको कति मत?
प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ नेकपा (एमाले)ले एक लाख मत कटाएको छ।
अहिलेसम्म गणना भएको परिणाम अनुसार, एमाले एक लाख १३ हजार ९२ मत सहित अग्रस्थानमा छ। त्यस्तै, नेपाली कांग्रेसले ९६ हजार ७८१ मत ल्याएर दोस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ४८ हजार ७६९ मत सहित तेस्रो स्थानमा छ।
प्रतिनिधि सभामा ११० सांसद समानुपातिकबाट निर्वाचित हुन्छन्। कुल सदर मतको तीन प्रतिशत प्राप्त गरेका दलले समानुपातिक सीट प्राप्त गर्छन्।
मंसीर ६ गते साँझ ५ बजेसम्मकाे मत:
एमाले: ११३०९२
कांग्रेस: ९६७८१
स्वतन्त्र पार्टी: ४८७६९
माओवादी: ४१८०३
राप्रपा: २७३८०
जसपा : ९०१८
जनमत पार्टी: ८४७९
उन्मुक्ति पार्टी: ६०५९
नेमकिपा: ५४७८
एकीकृत समाजवादी: ५४००
अन्य: २१६७१