डिस होमको विश्वकप लक्षित अभियान
डिस मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ को अवसरमा ‘फिल द म्याजिक अफ फूटबल इन डिसहोम’ अभियान शुरू गरेको छ।
नेपालको एक मात्र डीटीएच कम्पनी डिसहोमले फिफा विश्वकप प्रतियोगिताको उच्च गुणस्तरको प्रत्यक्ष प्रसारण गरिरहेको छ। डिस होमले विभिन्न उपहारका कार्यक्रम सहित सामाजिक सञ्जाल लक्षित डिजिटल अभियान जारी राखेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ।
यो अभियानमा संलग्न हुन चाहने सहभागीले डिस होमको फेसबूक पेजमा गएर आफूलाई मन पर्ने देशको समर्थन तथा ती देशको म्याजिकल क्षणको भिडिओ वा फोटो पोस्ट गर्नुपर्नेछ। विजेतालाई उपहार दिइने जनाइएको छ।