काठमाडौं-९ मा एमालेका श्रेष्ठ निर्वाचित
काठमाडौं-९ बाट नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९९५ मतले पराजित गरेका हुन्। श्रेष्ठले ११ हजार ९५६ मत पाए भने पोखरेलले १० हजार ९६१ मत पाए।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)की उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार देवेन्द्र प्रधानले चार हजार ७८५ र साझा पार्टी नेपालका उम्मेदवार मिलन पाण्डेले दुई हजार ३२७ मत पाएका छन्।