मधेश प्रदेशका अर्थमन्त्री साह पराजित
मधेश प्रदेशका अर्थमन्त्री एवं जसपा उम्मेदवार शैलेन्द्रप्रसाद साह प्रदेश सभा सदस्यमा पराजित भएका छन्।
सप्तरी २ ‘क’ बाट प्रदेश सभा सदस्यका उम्मेदवार साहलाई जनमत पार्टीका उम्मेदवार सतीश सिंहले पराजित गरेका हुन्।
जनमत पार्टीका सिंह १६ हजार ७३४ मत प्राप्त गरी विजयी भएका छन्। अर्थमन्त्री साहले आठ हजार २९२ मत प्राप्त गरेका छन्।