कैलाली-३ बाट उन्मुक्ति पार्टीका चौधरी निर्वाचित
कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
मंगलबार मध्याह्न सम्पन्न मतगणनामा चौधरीले २३ हजार १२० मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन्।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार गौरीशंकर चौधरीले नौ हजार ८७४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमले सात हजार ४५ मत पाएका छन्।
केही महीनाअघि मात्रै नागरिक उन्मुक्ति पार्टी गठन गरिएको थियो। टीकापुर घटनामा जेलमा रहेका रेशम चौधरीको अगुवाइमा पार्टी गठन गरिएको हो।
अहिले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी छिन्। उनी रेशमकी श्रीमती हुन्। कैलाली–१ बाट उम्मेदवार श्रेष्ठले पनि अग्रता लिइरहेकी छन्।