सप्तरी-२ (ख)मा जनमत पार्टीका महेश यादव विजयी
सीके राउतको नेतृत्वको जनमत पार्टीको सप्तरी २ (ख)का उम्मेदवार महेश यादव विजयी भएका छन्।
जनमतका यादव १३ हजार ३२५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का उमेश यादवले सात हजार २३ मत ल्याएका छन्। उमेश पूर्व मन्त्री हुन्।
उक्त क्षेत्रबाट माओवादी केन्द्रले उमेशलाई टिकट दिएपछि असन्तुष्ट बनेका महेश माओवादी परित्याग गरी जनमत प्रवेश गरेका थिए। महेशले आफ्नौ पूर्व सहकर्मी उमेशलाई पराजित गर्दै जित हात पारेका हुन्।