काठमाडौं-४ बाट गगन थापा निर्वाचित
काठमाडौं-४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा निर्वाचित भएका छन्।
मंगलबार मध्याह्न सम्पन्न मतगणना अनुसार, थापाले नेकपा (एमाले)का उम्मेदवार राजन भट्टराईलाई सात हजार ४४७ मतले पराजित गरेका हुन्। थापाले २१ हजार ३०२ मत पाए भने भट्टराईले १३ हजार ८५५ मत पाएका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुरमोहन श्रेष्ठले चार हजार ५०, स्वतन्त्र उम्मेदवार अर्जुनकुमार प्रसाईंले तीन हजार २०८ र हाम्रो नेपाली पार्टीका उम्मेदवार अर्चनशम्शेर राणाले एक हजार २१४ मत पाएका छन्।
२०७४ सालको निर्वाचनमा पनि थापा यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यति वेला पनि उनले भट्टराईलाई नै पराजित गरेका थिए।