जुम्लामा ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन्।
मंगलबार मध्याह्न १२ बजेसम्मको मतगणना अनुसार, शाहीले पाँच हजार ५६९ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार गोमा कुँवरले दुई हजार ३६० मत पाएकी छन्।
नेकपा (एमाले)का उम्मेदवार रतननाथ योगी तेस्रोमा छन्। उनले एक हजार २९६ मत पाएका छन्।
अहिलेसम्म १० हजार मतगणना भएको छ। राप्रपाका शाहीले शुरूआतदेखि नै अग्रता लिइरहेका छन्।