काठमाडौं–१ मा कसले कति मत पाए?
सत्ता गठबन्धनबाट चुनाव लडेका नेपाली कांग्रेस नेता प्रकाशमान सिंह १२५ मतान्तरले विजयी भएका छन्।
सिंह सात हजार १४३ मत पाएर निर्वाचित हुँदा राप्रपाका रवीन्द्र मिश्रले सात हजार १८ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले चार हजार १५५, एमालेका किरण पौडेलले तीन हजार ५३२ र नेपाल सुशासन पार्टीका रमेश खरेलले तीन हजार १२४ मत प्राप्त गरेका छन्।
१. प्रकाशमान सिंह (नेपाली कांग्रेस) ७१४३
२. रवीन्द्र मिश्र (राप्रपा) ७०१८
३. पुकार बम (राष्ट्रिय स्वतन्त्र पार्टी) ४११५
४. किरण पौडेल (एमाले) ३५३२
५. रमेश खरेल (नेपाल सुशासन पार्टी) ३१२४
६. बालकृष्ण न्यौपाने (नेपालका लागि नेपाली) ५९०
७. डम्बर शाहु (हाम्रो नेपाली पार्टी) १५०
८. सुरेन्द्र ढकाल (माले) ९२
९. रिषम भट्टराई (कांग्रेस बिपी) ७६
१०. हरिशरण श्रेष्ठ (नेमकिपा) ५०