कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति अगाडि
पाँच निर्वाचन क्षेत्र रहेको कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
क्षेत्र नं १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरूको अग्रता छ। क्षेत्र नं ४ मा नेकपा (एमाले)को उम्मेदवार अगाडि छन्। क्षेत्र नं ५ मा भने मतगणना शुरू भएको छैन।
पछिल्लो परिणाम अनुसार‚ क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार ५७८ मत पाएकी छन्। उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजार मत सहित पछ्याइरहेका छन्।
क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार ४८८ मत सहित अगाडि छन्। उनलाई नेकपा (माओवादी केन्द्र)का भगत बडुवालले ८६६ मत सहित पछ्याइरहेका छन्।
क्षेत्र नं ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता कायम छ। मंगलबार बिहानसम्मको परिणाम अनुसार‚ नागरिक उन्मुक्तिका गंगाराम चौधरीले १६ हजार ६९३ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १२ हजार ६९८ मत रहेको छ।
निर्वाचन क्षेत्र नं ४ मा शुरूदेखि अग्रता बनाएका कांग्रेसका वीरबहादुर बलायरलाई एमालेका लेखराज भट्टले झिनो मतले उछिनेका छन्। भट्टको पाँच हजार २७७ मत र बलायरको पाँच हजार १०० मत छ।