इलाम-१ मा पछि परे खनाल‚ एमालेका बस्नेतको अग्रता
इलाम-१ मा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै नेकपा (एमाले)का महेश बस्नेतले अग्रता लिएका छन्।
१० हजार १४२ मत गणना हुँदा बस्नेतले चार हजार ३३६ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले तीन हजार ७८८ प्राप्त गरेका छन्। यस्तै‚ मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले ४५२ मत प्राप्त गरेका छन्।
पूर्व प्रधानमन्त्री खनाल २०४८‚ २०५१‚ २०६४‚ २०७० र २०७४ सालमा यसै क्षेत्रमा एमालेबाट विजयी भएका थिए। २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा भने नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए।