डडेल्धुरामा मतान्तर बढाउँदै देउवा
डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।
मंगलबार बिहानसम्म ११ हजार ३७० मत गणना गर्दा कांग्रेस सभापति तथा प्रधानमन्त्री समेत रहेका देउवाले पाँच हजार ७८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै‚ स्वतन्त्र उम्मेदवार सागर ढकाल दुई हजार ७९७ मत प्राप्त गरी दोस्रो स्थानमा छन्। नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्ल एक हजार ६९० मत सहित तेस्रो स्थानमा छन्।