मनाङबाट कांग्रेसका गुरुङ विजयी
नेपाली कांग्रेसका टेकबहादुर गुरुङ प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
उनी दुई हजार ५७५ मत पाएर मनाङबाट निर्वाचित भएका हुन्। नेकपा (एमाले)का पाल्तेन छोपाङ गुरुङले दुई हजार २४७ मत पाएका छन्।
भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा भ्रष्टाचार गरेको भन्दै टेकबहादुर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दा विचाराधीन छ। जसले गर्दा गुरुङले सांसदको हैसियतमा काम गर्न भने पाउनेछैनन्।