काठमाडौं १ बाट कांग्रेसका सिंह निर्वाचित
नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै सिंह यो क्षेत्रबाट चौथो पटक सांसद बनेका हुन्। उनले सात हजार १३९ मत प्राप्त गरेका छन्।
मिश्रले सात हजार ११ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सिंह निर्वाचित भएको औपचारिक घोषणा भने गरेको छैन। २०७४ को चुनावमा यही क्षेत्रमा सिंहसँग मिश्र ८१८ मतले पराजित भएका थिए।