ललितपुर-२ बाट एमालेका महर्जन निर्वाचित
ललितपुर-२ बाट नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जन निर्वाचित भएका छन्।
सोमबार राति सम्पन्न मतगणनामा महर्जनले १५ हजार २५ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत पाएका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६, नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले नौ हजार ५३९ र राष्ट्रिय स्वतन्त्र पार्टीका रघुवरराज थापाले सात हजार ७९९ मत पाएका छन्।