भक्तपुर-२ मा पछाडि परे महेश बस्नेत
भक्तपुर-२ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री र नेकपा (एमाले) उम्मेदवार महेश बस्नेतबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।
सोमबार राति ९ बजेसम्मको गणनामा कांग्रेसका थापाले फेरि अग्रता बनाएका छन्। उनले आठ हजार १२५ मत पाएका छन्।
उनका प्रतिस्पर्धी एमालेका बस्नेतले सात हजार २०९ मत पाएका छन्। त्यस्तै, नेपाल मजदूर किसान पार्टीकी उम्मेदवार अनुराधा थापा मगरले एक हजार ५०६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सान विकले एक हजार ४७७ मत पाएका छन्।
शुरूआतमा कांग्रेसका थापाले अग्रता बनाएका थिए। त्यसपछि बीचमा एमालेका बस्नेतले अग्रता लिएका थिए। अहिले फेरि कांग्रेसका थापाले अग्रता लिएका हुन्।