भक्तपुर-२ मा महेश बस्नेतले लिए अग्रता
भक्तपुर-२ मा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले अग्रता लिएका छन्।
सोमबार साँझ ७ बजेसम्मको मतगणना अनुसार, बस्नेतले ६ हजार ८२४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ६ हजार ४८४ मत पाएका छन्।
कांग्रेस उम्मेदवार क्षेत्रीले शुरूआतदेखि नै अग्रता बनाउँदै आएका थिए। एमाले उम्मेदवार बस्नेतले पहिलो पटक अग्रता लिएका हुन्।