मुस्ताङ ‘ख’ मा पनि कांग्रेस उम्मेदवार निर्वाचित
मुस्ताङ ‘ख’ पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
सोमबार साँझ सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार विकल शेरचन गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनले दुई हजार ७२३ मत पाए।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का चन्द्रमोहन गौचनले दुई हजार ५६५ मत पाए।
यसअघि मुस्ताङ ‘क’ बाट कांग्रेसकै नम्डु गुरूङ निर्वाचित भएका थिए। मुस्ताङबाट प्रतिनिधि सभामा पनि कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्।