चितवन-२ मा कृष्णभक्त पोखरेलको अग्रता, रवि लामिछाने तेस्रोमा
चितवन-२ बाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तेस्रो नम्बरमा छन्।
सोमबार साँझ ५ः४५ बजेसम्म एक हजार १२६ मत गणना हुँदा पोखरेलले ५५४ मत पाएका छन्। उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उमेश श्रेष्ठ रहेका छन्। उनले ३९७ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने तेस्रो नम्बरमा रहेका छन्। उनले ८७ मत पाएका छन्।
त्यस्तै, हाम्रो पार्टी नेपालका अमृत तामाङले १६ र स्वतन्त्र उम्मेदवार सुन्दर डल्लाकोटीले पाँच मत पाएका छन्।