चितवन-२ मा उमेश श्रेष्ठको अग्रता, रवि लामिछाने दोस्रोमा
चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले अग्रता लिएका छन्।
अहिलेसम्म एक हजार मत गणना हुँदा श्रेष्ठले ३३७ मत पाएका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३२९ मत पाएका छन्।
नेकपा (एमाले)का उम्मेदवार कृष्णभक्त पोखरेल तेस्रो नम्बरमा छन्। उनले २५२ मत पाएका छन्।