सीके राउतको फराकिलो अग्रता
सप्तरी-२ मा जनमत पार्टीका उम्मेदवार सीके राउतले फराकिलो अग्रता बनाएका छन्।
सोमबार अपराह्न साढे ३ बजेसम्म भएको गणनामा उनले दुई हजार ४०२ मत पाएका छन्। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ७६८ मत पाएका छन्।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर तेस्रो नम्बरमा छन्। उनले ५५० मत पाएका छन्।