काठमाडौं-४ मा गगन थापाको अग्रता
काठमाडौं-४ नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन्।
निर्वाचन आयोगका अनुसार, उनले दुई हजार २६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजन भट्टराईले एक हजार ५८४ मत पाएका छन्।
त्यस्तै, तेस्रो नम्बरमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुरमोहन श्रेष्ठले १९९ र चौथो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार अर्जुनकुमार प्रसाईँले ८२ मत पाएका छन्।