उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर मतले अगाडि
सप्तरी–२ जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवभन्दा जनमत पार्टीका उम्मेदवार सीके राउत दोब्बर मतले अगाडि रहेका छन्।
सोमबार दिउसो साढे १ बजेसम्मको मतगणनाअनुसार, राउतले एक हजार २० मत पाएका छन्। उनका प्रतिस्पर्धी यादवले ४५२ मत पाएका छन्।
त्यस्तै, सत्तारुढ गठबन्धनको समर्थन रहेका लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर तेस्रो नम्बरमा रहेका छन्। उनले ३०८ मत पाएका छन्।