विश्वकपमा अहिलेसम्म कुन कुन देशले खेले?
फिफा विश्वकप शुरु भएयता अहिलेसम्म संसारभरका ७९ देशले प्रतिस्पर्धा गरिसकेका छन्।
विश्वभरका लाखौं फूटबलप्रेमी दर्शक मंसीर ४ गते राति शुरू हुने फिफा विश्वकप हेर्न झुम्मिनेछन्। फूलबल हेर्ने धेरै दर्शकले आफ्नो देशलाई समर्थन गर्नु स्वाभाविक हो।
अझ रोचक त के छ भने, विश्वकप हेर्ने कैयौं दर्शक ती देशका हुनेछन् जसले अहिलेसम्म पनि विश्वकपमा छनोट हुने अवसर नै पाएका छैनन्।
यति भनिरहँदा प्रश्न के उठ्छ भने अहिलेसम्म कुन कुन मुलकले विश्वकप फूटबल खेलेका छन् त?
विश्वकपमा हालसम्म छनोट भएका देश
सन् २०२० को फिफा विश्वकपसम्म आइपुग्दा कतार विश्वकपको अन्तिम चरणमा सहभागी हुने ८०औं राष्ट्र हुनेछ। अहिलेसम्म विश्वकपका सबै प्रतियोगितामा भाग लिने एउटै मात्र मुलुक ब्राजिल हो। त्यति मात्र होइन, ब्राजिलले पाँच पटक त उपाधि नै जितिसकेको छ।
अहिले एकीकरण भएर बनेको जर्मनीले विगतमा पूर्वी जर्मनी र पश्चिम जर्मनीका रूपमा प्रतियोगितामा सहभागिता जनाएको थियो। पूर्वी जर्मनीले सन् १९७४ मा मात्र सहभागिता जनाउने अवसर पाएको थियो भने पश्चिम जर्मनीले चार पटक उपाधि नै चुम्ने अवसर पाएको थियो।
संयोग के छ भने प्रत्येक प्रतियोगितामा नयाँ मुलुकले फिफा विश्वकपमा प्रवेश पाएको छ। आयोजक मुलुकका रूपमा यो वर्ष त्यो सौभाग्य कतारले पाएको छ।
क्युबा र इन्डोनेशिया अपवादका रूपमा देखिन्छन्, किनभने तिनीहरू पहिलो पटक प्रतियोगितामा सहभागी भएको र पछिल्लो पटक सहभागी भएको समयबीच १९ वटा प्रतियोगिता सम्पन भइसकेका छन्।
विश्वकप खेल्ने देशहरू:
विगतमा फिफा विश्वकपमा सहभागिता जनाउने केही देश भूराजनीतिक परिवर्तनले गर्दा आज अस्तित्वमा छैनन्। र, फिफाको नियम अनुसार त्यो रेकर्ड नयाँ मुलुकको खातामा जाने गर्छ।
उदाहरणका लागि, फिफाको नियम अनुसार, सोभियत संघको उत्तराधिकारीका रूपमा रहेको रुसले सोभियत संघको नाममा भएको रेकर्ड पाएको छ। यति मात्र होइन, सोभियत संघले सन् १९६० मा पाएको यूईएफएको उपाधि पनि रुसले नै पाएको छ।
सन् २०२६ मा विस्तारित हुनेछ विश्वकप
यस पटकको फिफा विश्वकप धेरै अर्थमा फरक हुनेछ। ३२ मुलुकको सहभागिता रहने फिफा विश्वकपको यो प्रतियोगितामा अन्तिम हुनेछ, किनभने अर्को पटकदेखि सहभागी मुलुकको संख्या ४८ पुग्नेछ।
सन् २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन्। यस संस्करणमा ३३ प्रतिशत बढी मुलुकले सहभागिता जनाउनेछन्। जबकि, केही मुलुकले अन्तिम प्रतियोगितामा धेरै मुलुकलाई सहभागिता जनाउन नहुने कुराको वकालत गर्दै आएका छन्।
फिफा विश्वकपको आउँदो संस्करणमा सबै महादेशबाट हुने मुलुकको सहभागिताको दर पनि बढ्नेछ। नयाँ संरचना अनुसार, ४८ टोलीलाई १६ समूहमा छुट्याइनेछ र तीन मुलुकको समूह बनाइनेछ। प्रत्येक समूहबाट शीर्ष दुई टोली नक आउट चरणमा जानेछन्। यसको अर्थ नक आउट चरणमा पुग्ने ३२ टोलीमा नपर्ने १६ टोली दुई वटा खेल खेलेपछि नै बाहिरिनेछन्।
फिफा विश्वकपमा सहभागी मुलुकहरू:
टोली सहाभागिता प्रवेश वर्ष पछिल्लो सहभागिता
ब्राजिल २२ १९३० २०२२
जर्मनी २० १९३४ २०२२
अर्जेन्टिना १८ १९३० २०२२
इटाली १८ १९३४ २०१४
मेक्सिको १७ १९३० २०२२
स्पेन १६ १९३४ २०२२
फ्रान्स १८ १९३० २०२२
इङ्ल्यान्ड १८ १९५० २०२२
बेल्जियम १४ १९३० २०२२
उरुग्वे १४ १९३० २०२२
सर्विया १३ १९३० २०२२
स्वीट्जरल्यान्ड १२ १९३४ २०२२
स्वीडेन १२ १९३४ २०१८
दक्षिण कोरिया ११ १९५४ २०२२
अमेरिका ११ १९३० २०२२
नेदरल्यान्ड्स ११ १९३४ २०२२
रसिया ११ १९५८ २०१८
पोल्यान्ड ९ १९३८ २०२२
हंगेरी ९ १९३४ १९८६
चेक गणतन्त्र ९ १९३४ २००६
चिली ९ १९३० २०१४
पोर्चुगल ८ १९६६ २०२२
क्यामरुन ८ १९८२ २०२२
स्कटल्यान्ड ८ १९५४ १९९८
पाराग्वे ८ १९३० २०१०
जापान ७ १९९८ २०२२
बुल्गेरिया ७ १९६२ १९९८
रोमानिया ७ १९३० १९९८
अस्ट्रिया ७ १९३४ १९९८
अस्ट्रेलिया ६ १९७४ २०२२
इरान ६ १९७८ २०२२
कोस्टारिका ६ १९९० २०२२
क्रोएसिया ६ १९९८ २०२२
साउदी अरेबिया ६ १९९४ २०२२
ट्युनिसिया ६ १९७८ २०२२
मोरक्को ६ १९७० २०२२
डेनमार्क ६ १९८६ २०२२
कोलम्बिया ६ १९६२ २०१८
नाइजेरिया ६ १९९४ २०१८
पेरु ५ १९३० २०१८
घाना ४ २००६ २०२२
इक्वेडर ४ २००२ २०२२
अल्जेरिया ४ १९८२ २०१४
सेनेगल ३ २००२ २०२२
आइभोरी कोस्ट ३ २००६ २०२२
नर्वे ३ १९३८ १९९८
उत्तरी आयरल्यान्ड ३ १९५८ १९८६
होन्डुरस ३ १९८२ २०१४
आएरल्यान्ड गणतन्त्र ३ १९९० २००२
ग्रीस ३ १९९४ २०१४
दक्षिण अफ्रिका ३ १९९८ २०१०
बोलिभिया ३ १९३० १९९४
इजिप्ट ३ १९३४ २०१८
वेल्स २ १९५८ २०२२
क्यानाडा २ १९८६ २०२२
टर्की २ १९५४ २००२
उत्तर कोरिया २ १९६६ २०१०
एल साल्भाडोर २ १९७० १९८२
न्यूजिल्यान्ड २ १९८२ २०१०
स्लोभेनिया २ २००२ २०१०
क्युबा १ १९३८ १९३८
इन्डोनेशिया १ १९३८ १९३८
इजरायल १ १९७० १९७०
कंगो १ १९७४ १९७४
हाइटी १ १९७४ १९७४
कुवेत १ १९८२ १९८२
इराक १ १९८६ १९८६
यूएई १ १९९० १९९०
जमैका १ १९९८ १९९८
चीन १ २००२ २००२
अंगोला १ २००६ २००६
टोगो १ २००६ २००६
ट्रिनिडाड एन्ड टोबागो १ २००६ २००६
युक्रेन १ २००६ २००६
स्लोभाकिया १ २०१० २०१०
बोस्निया १ २०१४ २०१४
आइसल्यान्ड १ २०१८ २०१८
पनामा १ २०१८ २०१८
कतार १ २०२२ २०२२