चुनावी सामग्री बोकेर बूथतिर (तस्वीरहरू)
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सामग्री बोकेर कर्मचारी मतदानस्थलतिर लागेका छन्।
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि एक साताअघि नै चुनावी सामग्री मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावी सामग्री वितरण गर्न थालेको हो।
काठमाडौंमा पनि संसद् भवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय बिहीबार चुनावी सामग्री वितरण गरेको छ। निर्वाचनका लागि खटिएका कर्मचारी चुनावी सामग्री बोकेर मतदानस्थलतिर लागेका छन्।
अन्य जिल्लामा पनि कर्मचारी चुनावी सामग्री बोकेर मतदानस्थलतिर लागेको आयोगले जनाएको छ। कतिपय ठाउँमा भने कर्मचारी मतदानस्थलमा पुगिसकेका छन्।