बहुविवाह सम्बन्धी कसूरमा लोसपाका सन्तोष मेहताको उम्मेदवारी खारेज
निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।
आयोगले बहुविवाह सम्बन्धी कसूरमा कात्तिक ३० गते मेहताको उम्मेदवारी खारेज गरेको हो। उनले सुनसरी-४ ‘ख’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए।
उनले बहुविवाह सम्बन्धी कसूरमा सजाय भोगिसकेका थिए। तर, सजाय भोगेको तीन वर्ष नपुगेकाले उनी उम्मेदवारका लागि अयोग्य ठहर भएका हुन्।