डोटीमा ६.६ म्याग्निच्यूडको भूकम्प
डोटी केन्द्रबिन्दु भएर पाँच घण्टाको बीचमा तीन पटक भूकम्प गएको छ।
कात्तिक २३ गते बिहान २.१२ बजे ६.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार, कात्तिक २२ गते राति ९ः०७ बजे ५.७ र ९ः५६ बजे ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो। क्षतिको विवरण आउन बाँकी छ।