समानुपातिकमा कांग्रेसले भन्दा राप्रपा नेपालले धेरै खर्च गर्न पाउने (सूची सहित)
मंसीर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेपाली कांग्रेसले भन्दा राप्रपा नेपालले दुई लाख रुपैयाँ बढी खर्च गर्न पाउने भएको छ।
निर्वाचन आयोगका अनुसार, कांग्रसले अधिकतम दुई करोड १६ लाख र राप्रपा नेपालले दुई करोड १८ लाख रुपैयाँ खर्च गर्न पाउनेछ। सबैभन्दा बढी नेकपा (एमाले)ले दुई करोड २० लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ। कांग्रेसले १०८, राप्रपा नेपालले १०९ र एमालेले ११० उम्मेदवार उठाएको छ।
नेकपा (माओवादी केन्द्र)ले दुई करोड १४ लाख, नेकपा (एकीकृृत समाजवादी)ले दुई करोड ८ लाखसम्म खर्च गर्न पाउने भएका छन्। समानुपातिकका प्रति उम्मेदवार दुई लाख रुपैयाँ खर्च गर्न पाउने भएको हो। समानुपातिक प्रणालीतर्फ ४७ दलले भाग लिएका छन्।
कुन दलको खर्च सीमा कति?