सिप्रदीको टाटा प्रोटेक्टमा थपिए आठ सुविधा
टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधा सहित ल्याएको छ।
टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केअर प्लस, टाटा जेन्यूइन पार्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा शिल्ड, टाटा अलर्ट तथा वी केअर गरी आठ प्रकारका सेवा तथा सुविधा समावेश गरिएको जनाएको छ। सिप्रदीका सबै सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरमा आठै प्रकारका सेवा उपलब्ध हुने भएका छन्।
मास्टर केअर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा छन्। जसमा गाडीको सम्पूर्ण सर्भिस तथा मर्मतको जिम्मा कम्पनीले लिने जनाइएको छ।
टाटा जेन्यूइन पार्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्टस्मा ६ महीना वा ५० हजार मिलोमिटरसम्म वारेन्टी सुविधा रहेको छ।