प्रत्यक्ष र समानुपातिकका सात करोड मतपत्र छापिए
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी सात करोड मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार, समानुपातिक चार करोड मतपत्र सबै जिल्लामा पुगिसकेका छन्। त्यस्तै, प्रत्यक्षतर्फका तीन करोड १४ लाख ५६ हजार पाँच सय मतपत्र छपाइ भएका छन्।
अब प्रत्यक्षतर्फ सात जिल्लाका मतपत्र मात्र छाप्न बाँकी रहेको आयोगले जनाएको छ। जसमा काठमाडौं, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट रहेका छन्।
प्रत्यक्षतर्फका पनि ११ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ। आयोगका अनुसार, अहिलेसम्म गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, दाङ, सल्यान, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा मतपत्र ढुवानी भइसकेको छ।