घोषणापत्र सार्वजनिक गर्दै दाहालले भने– गिरिजाबाबुलाई राष्ट्रपति बनाउनुपर्ने रहेछ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूले गल्ती गरेको बताएका छन्।
काठमाडौंमा कात्तिक १४ गते माओवादी केन्द्रको चुनावी घोषणापत्र सार्वजनिक गर्दै दाहालले भने, “गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु मेरो गल्ती भयो, उहाँलाई राष्ट्रपति बनाएको भए दुई वर्षमा संविधान बन्ने थियो।”
दाहालले आफू दुई पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारै नभएको दाबी गरे। २०७४ सालकै घोषणापत्रलाई संशोधन गरेर सार्वजनिक गरिएको उनले बताए।
माओवादी घोषणापत्रमा १६५ सदस्यीय प्रतिनिधि सभा र ५५ सदस्यीय राष्ट्रिय सभा बनाइने उल्लेख छ। दाहालको नेतृत्वमा मात्रै राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव रहेको घोषणापत्रमा दाबी गरिएको छ।
माओवादी घोषणापत्रको पूर्णपाठ