टी–२० विश्वकपमा भारतको दोस्रो जित, नेदरल्याण्डस् ५६ रनले पराजित
आईसीसी पुरुष टी–२० विश्वकपमा भारतले नेदरल्याण्डस्लाई पराजित गरेको छ।
सिड्नीमा कात्तिक १० गते भारतले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डस् नौ विकेटको क्षतिमा पूरा ओभर खेलेर १२३ रनमा समेटिएको हो। नेदरल्याण्डस्का कप्तान स्कट एडवार्डस्ले सर्वाधिक २० रन जोडे। ६ खेलाडीले दोहोरो अङ्क जोडे पनि जितका लागि पर्याप्त भएन।
भारतका लागि विराट कोहलीले सर्वाधिक ६२ रन जोडे। अविजित कोहलीले ४४ बलमा दुई छक्का र तीन चौका प्रहार गरेका थिए। कप्तान रोहित शर्माले ५३ र सुरेशकुमार यादवले अविजित ५१ रनको योगदान दिए। २५ बलमा सात चौका र एक छक्का सहित अर्धशतक पूरा गरेका यादव 'प्ले अफ दि म्याच' भए। दोस्रो जितसँगै ४ अङ्क सहित भारत समूह बीको शीर्षस्थानमा छ।