पुष्पकमल दाहाल विरुद्ध प्रहरीमा किटानी जाहेरी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ।
पूर्व प्रधानमन्त्री समेत रहेका दाहाल विरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरणले जाहेरी दिएका हुन्।आफ्ना पिता टीकाराज आरणलाई २०५७ फागुन १६ गते रामेछापको साविक पुरानागाउँ–५ (हाल मन्थली नगरपालिका ९)मा साँझ ७ बजे माओवादीले गोली हानेर हत्या गरेको भन्दै दाहाल विरुद्ध प्रहरी प्रधान कार्यालय, नक्सालमा जाहेरी परेको हो।
“द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा म लिन्छु बाँकीको जिम्मा तत्कालीन राज्य पक्षले लिनुपर्ने जिकिर पुष्पकमल दाहाल ‘प्रचण्ड’ को। मेरा पिताजी टीकाराज आरणको हत्या सम्बन्धमा ‘आयोगका केही सिफारिशहरूको कार्यान्वयन र पीडितको अवस्था अध्ययन प्रतिवेदन २०७५ राष्ट्रिय मानव अधिकार आयोग, हरिहर भवन, ललितपुर, नेपालको पृ. २६–३६ मा प्राणदण्ड दिनु कानून, धर्म र मानवीय पक्षबाट गलत भन्ने उल्लेख भएको पाइन्छ,” जाहेरीको कसूरसँग सम्बन्धित अन्य विवरणमा भनिएको छ, “बाँकी मारिएका १२ हजाको कारक पनि प्रचण्ड नै हो। त्यसै गरी द्वन्द्वकालमा बेपत्ता पारिएका, अङ्गभङ्ग, कब्जा गरिएका, विस्थापित, चल सम्पत्ति लूटपाटमा परेका, बालसैन्य भर्ती लगायतका अमानवीय कार्यको सम्पूर्ण जिम्मा प्रचण्डले नै लिनुपर्दछ।”
द्वन्द्वकालमा नेकपा (माओवादी)द्वारा अपहरण गरी यातना दिंदै गोली प्रहार गरी म जाहेरवालाको पिताजी टीकाराज आरणको हत्या भएको र जिल्ला प्रहरी कार्यालय रामेछापले पनि घटनाको अभिलेख राखी पीडित पक्ष र साक्षीसँग बयान लिएको जाहेरीमा उल्लेख छ।
तिहार बिदाका कारण आफूले इमेल मार्फत जाहेरी दर्ता गराएको आरणले जानकारी दिए। यसअघि उनले राष्ट्रिय मानव अधिकार आयोगमा पनि दाहाल विरुद्ध निवेदन दर्ता गराएका छन्।
किटानीमा जाहेरीमा के छ?