लुम्बिनी प्रदेशमा बन्द सूचीको पहिलो नम्बरमा को को?
मंसीर ४ गतेको प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ लुम्बिनीमा ५७९ जनाको उम्मेदवारी परेको छ।
निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम नामावली अनुसार नेपाली कांग्रेसले बन्द सूचीको पहिलो नम्बरमा धनलक्ष्मी श्रेष्ठको नाम राखेको छ।
त्यस्तै, नेकपा (एमाले)ले जानकी न्यौपाने, नेकपा (माओवादी केन्द्र)ले मीना बुढामगर, नेकपा (एकीकृत समाजवादी)ले सरिता श्रीस, राष्ट्रिय जनमुक्ति पार्टीले टोप अस्लामी मगर, जनता समाजवादी पार्टीले हिमानी थापा मगर, राष्ट्रिय जनमोर्चाले तारा थापालाई पहिलो नम्बरमा राखेको छ।
नागरिक उन्मुक्ति पार्टीले नरमाया ढकाल, नेपाल मजदूर किसान पार्टीले शान्ताकुमारी चौधरी, नेपाली कांग्रेस (बीपी)ले विष्णुमाया न्यौपाने पौडेल, मंगोल नेशनल अर्गनाइजेशनले जयकली दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदीप उदय, विवेकशील साझा पार्टीले उमेश धोबी, हाम्रो नेपाल पार्टीले गणेशकुमार अधिकारीलाई एक नम्बरमा राखेको छ।