बागमती प्रदेशमा समानुपातिकतर्फ पहिलो नम्बरमा को को परे?
नेपाली कांग्रेसले बागमती प्रदेश सभाको समानुपातिकतर्फ पहिलो नम्बरमा राजु श्रेष्ठको नाम राखेको छ।
निर्वाचन आयोगद्वारा कात्तिक ९ गते सार्वजनिक बन्द सूची अनुसार, नेकपा (एमाले)ले पहिलो नम्बरमा आनन्दकुमार श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)ले देवेन्द्र श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)ले केशवलाल श्रेष्ठ, नेपाल मजदूर किसान पार्टीले कुमार थिङ तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी दिलविकास भण्डारीलाई एक नम्बर राखेको छ।
प्रदेशमा साढे १ प्रतिशतभन्दा बढी मत ल्याएका पार्टीबाट समानुपातिक सांसद निर्वाचित हुने प्रावधान छ।