कांग्रेसका तीन प्रदेश सभा सदस्य उम्मेदवारको नाम खारेज
निर्वाचन आयोगले नेपाली कांग्रेसबाट मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका तीन जनाको नाम खारेज गरेको छ।
आयोगले मधेश प्रदेशकी अंशुकुमारी सिंह, लुम्बिन्धी प्रदेशका मोहम्मद सइद खाँ र सुदूरपश्चिमकी साधना बिसी (विश्वकर्मा)को नाम बन्दसूचीबाट हटाएको हो।
सिंहको मतदाता नामावलीमा नाम नभएको, खाँको बन्दसूची र मतदाता नामावलीको लैङ्गिक पहिचान फरक परेको र बिसीको उमेर नपुगेकाले नाम खारेज भएको हो। उम्मेदवार बन्न २५ वर्ष चाहिनेमा बिसी २४ वर्ष मात्रै पुगेको आयोगले जनाएको छ।