एकीकृत समाजवादीका ६ समानुपातिक उम्मेदवारको नाम खारेज
नेकपा (एकीकृत समाजवादी)बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका ६ जनाको नाम समानुपातिकको बन्द सूचीबाट हटेको छ।
निर्वाचन आयोगले एकीकृत समाजवादीका ओमचरण अमात्य, ताराकुमारी विश्वकर्मा, दिलु बुदुजा, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी र जयन्तीकुमारी सारू मगरको उम्मेदवारी खारेज गरेको हो।
यस्तै, नेपाली कांग्रेसका गोविन्द परियारको पनि उम्मेदवारी खारेज भएको छ।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभा गरी ५५० जनाको उम्मेदवारी खारेज गरेको छ।