डेंगीबाट पत्रकार मास्कीको निधन
डेंगी संक्रमणबाट पत्रकार टेक मास्की रानाको निधन भएको छ।
डेंगी संक्रमण भएपछि ४७ वर्षीय राना दुई साताअघि अस्पताल भर्ना भएका थिए। उनको बुधबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो। रानालाई डेंगीसँगै निमोनियाको संक्रमण भएको थियो।
स्याङ्जा स्थायी घर भएका राना बुटवलस्थित रेडियो जागरणको समाचार प्रमुख थिए। दुई दशकदेखि पत्रकारिता गर्दै आएका उनले यसअघि नयाँदिशा दैनिक‚ समावेशी रेडियोमा काम गरेका थिए। यस्तै‚ नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्व कार्यसमिति सदस्य रानाले लुम्बिनी प्रदेश कमिटी‚ नेपाल आदिवासी जनजाति पत्रकार महासंघमा काम गरेका थिए। रानाका एक छोरा र दुई छोरी छन्।