साढे ५ सय जनाको उम्मेदवारी खारेज
निर्वाचन आयोगले मंसीर ४ गतेको निर्वाचनका लागि समानुपातिकतर्फका साढे ५ सय जनाको उम्मेदवारी खारेज गरेको छ।
आयोगले जरिवाना नबुझाएका, उमेर नपुगेका र दोहोरो उम्मेदवारी परेकाहरूको नाम कात्तिक ८ गते खारेज गरेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएकाकाे नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको हो।
बन्दसुचीमा सुचिकृत उम्मेदवार मध्ये उमेर नपुगेका ५२; दोहोरो उम्मेदवारी ६६; मतदाता नामावलीमा नाम नभएका ६; सम्बन्धित प्रदेशको मतदाता नभएका १२; कागजातनै नभएका ६; लैङ्गिक पहिचान फरक पारेका ३७; जरिवाना नबुझाउने ३६९; कालोसूचीमा १; लाभको पदमा रहेका १ जनाकाे नाम हटेकाे आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए।
आयोगले कात्तिक ९ गते समानुपातीक तर्फको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।