उम्मेदवारले तीन वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने
मंसीर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवारले बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न पाउने भएका छन्।
निर्वाचन आयोगद्वारा कात्तिक ८ गते जारी सातबुँदे निर्देशन अनुसार प्रत्यक्षतर्फका उम्मेदवारले तीनभन्दा बढी कार्यालय खोल्न पाउनेछैनन्।
प्रदेश सभा सदस्य पदका उम्मेदवारले भने एउटाभन्दा बढी कार्यालय खोल्न नपाउने आयोगको निर्देशनमा उल्लेख छ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेश गरेका दलले प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न सक्ने आयोगले जनाएको छ।
अन्य उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरिसकेको उम्मेदवारले भने छुट्टै सम्पर्क कार्यालय खोल्न नपाउने आयोगले निर्देशनमा उल्लेख गरेको छ।